Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बोधकथा : धनकाे सम्मान 

बोधकथा : धनकाे सम्मान 

  • 394
    SHARES
  • बोधकथा :  धनकाे सम्मान 

    धेरै अघिको कुरा हो । एउटा गाउँमा मोहनकुमार नामको महाजन थिए । उनी जब घरबाट बजारतर्फ जान्थे सयौं मानिसहरु उनलाई झुकेर नमस्कार गर्थे ।

    images

    नमस्कारको जवाफमा जहिले पनि उनले हाँसेर सानो स्वरमा भन्थे, ‘घर गएर सुनाइदिन्छु ।’ उनले बोलेको टाढाबाट नमस्कार गर्नेले भने सुन्दैनथे । 

    जहिले पनि उनले यसो भन्ने गरेकाले उनी निकटहरु आश्चर्यमा पर्थे । उनलाई गरेको नमस्कार, सम्मानलाई सहर्ष स्वीकार्नुको सट्टा ‘घरमा गएर सुनाइदिन्छु’ किन भनेका होलान ? भन्ने प्रश्न सबैको मनमा थियो । यस बारेमा उनले आफ्ना निकटलाई पनि केही भन्दैनथे ।

    एकदिन उनीसँगै उनका निकै निकटस्थ परिचित धनाढ्य पनि बजार गएका थिए । त्यसबेला मोहनकुमारले अभिभावदनको जवाफ फर्काएको उनले सुने । 

    उनले प्रश्न गरे, ‘सेठजी तपाईंलाई नमस्कार गर्दा त्यसलाई स्वीकार्नु पर्नेका किन घरमा गएर सुनाइदिन्छु भन्नु भएको ?

    नजिकका अर्का महाजनले सोधेपछि मोहनकुमारले भने, ‘पहिले म गरिब थिएँ । त्यसबेला मलाई कसैले वास्ता गर्दैनथे । मलाई नामले नै बोलाउँथे ।  आज म धनाढ्य भएको छु । अहिले मैले पाएको इज्जत र प्रतिष्ठा मलाई नभएर मेरो धनलाई हो । धनलाई इज्जत दिइएको हो । त्यसैले मैले बजारमा पाएको नमस्कार र सम्मान घरमा गएर दराजमा राखेको नगद र हिरा, जवाहरतलाई सुनाइदिने गरेको छु ।’

    उनले जति जनाले नमस्कार गरे, झुकेर सम्मान गरे सबै घरमा पुगेर धनराखेको ठाउँमा गएर सुनाइदिने गरेका थिए । मोहनकुमारले आफ्नो साथी अर्का महाजनलाई भनेछन्, ‘यसले गर्दा मलाई अहंकार र मान सम्मानको गलत भ्रम हुन पाउँदैन । नभए मलाई नै मान सम्मान र इज्जत दिएको भन्ने भ्रमले अहंकार मात्र बढाउँछ । वास्तवमा यो सम्मान र इज्जत मलाई नभएर धनलाई दिइएको हो ।’

    हुन पनि आजभोलि व्यक्तिको चरित्र र गुण नभएर उसको भेषभुषा र सम्पत्ति हेरेर सम्मान गर्छन ।

  • सम्बन्धित विषय:

  • # बोधकथा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology