Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु

  • 987
    SHARES
  • इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु

    तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्ध अन्त्यको नजिक नपुगेको बताएको केही घण्टापछि गाजा पट्टीमा सोमबार बिहान सबेरै इजरायली सेनाले प्यालेस्टाइनको सुरक्षा तथा सैन्य आधार शिविरलाई लक्षित गरी ५५ वटा हवाई आक्रमण गरेका छन् ।

    गाजा क्षेत्रमा आक्रमण सुरु भएको लगातार सातौं दिन आइतबार सबैभन्दा धेरै मृत्यु भएको छ । आक्रमणबाट एकैदिनमा ४२ प्यालेस्टिनीको मृत्यु भएको छ । अहिलेसम्म द्वन्द्वमा परेर ५८ बालबालिका, ३४ महिलासहित एक सय ९२ जनाको मृत्यु भएको छ । 

    इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार २३० प्यालेस्टिनी घाइते भएको उक्त मन्त्रालयलाई उद्धृत टाइम्स अफ इजरायलले उल्लेख गरेको छ । हालको हिंसाको दौरानमा सुरु भएदेखि गाजामा मारिएकाहरू मध्ये धेरैजसो आतंकवादी समूहका सदस्य रहेका इजरायली सेनाले जनाएको छ । 

    इजरायलले गाजा क्षेत्रमा रहेर गतिविधि गर्दै आएको हमास समूहलाई आतंककारीको सूचीमा राखेको छ । सेनाले प्यालेस्टिनी समूहले गरेको रकेटको निशाना गलत हुँदा दर्जनौं व्यक्तिको मृत्यु भएको दाबी गरेको छ ।

    यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन् । बाइडेनले देशका नेताहरुसँग टेलिफोनमार्फत् संवाद गरी बाइडेनले तत्काल हिंसा अन्त्यका लागि आव्हान गरेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । 

    बाइडेनले इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहू र प्यालेस्टीनी नेता महमुद अब्बाससँग एक्लाएक्लै फोन वार्ता गरेका हुन् । इजरायली र प्यालेस्टिनीबीचको विवादास्पद पश्चिम किनारा र गाजा पट्टीमा जारी युद्ध मथ्थर पार्न सम्वादले काम गर्ने विश्वास गरिएको छ ।  

    पछिल्लोपटक इजरायली सेनाको रकेट आक्रमणमा परी प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आश्रय लिइरहेका १० जना मारिएका छन् । यसैगरी प्यालेस्टाइनमा एपी तथा अल जजिरालगायत विदेशी सञ्चारमाध्यमका कार्यालय रहेको टावरलाई पनि इजरायलले निशाना बनाएको छ । 

    अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार इजरायलको स्थितिबारे इजिप्ट, साउदी अरब, फ्रान्स, कतारका राजदूतसँग टेलिफोनमार्फत छलफल गरेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij