Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

निरन्तर हाउसफुल ‘महापुरूष’

निरन्तर हाउसफुल ‘महापुरूष’

  • 347
    SHARES
  • निरन्तर हाउसफुल ‘महापुरूष’

    काठमाडौं । प्रदर्शनको तेस्रो सातामा समेत ‘महापुरूष’ हाउसफुल चलिरहेको छ । फिल्मले शनिबार विहान काठमाडौं उपत्यकामा रहेका शोहरू हाउसफुल व्यापार गरेको छ ।

    images

    प्रदर्शनको दुई सातामा फिल्मले सात करोड चार लाख ग्रस कलेक्सन गरेको जनाइएको छ । यो फिल्म नेपालसँगै अमेरिकामा समेत इतिहास बनाउने दौडमा छ ।

    फिल्मलाई अमेरिकामा नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीले प्रदर्शन गरिरहेको छ । डलासबाट सुरु भएको फिल्मले रेगुलर शोमै दर्शक पाइरहेको नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका प्रतिक सुवेदीले जानकारी दिए ।

    उनले नेपाली भाषी रहेको अमेरिकाको हरेक सहरमा फिल्म प्रदर्शन गर्ने जानकारी दिए । ‘फिल्मको डिमाण्ड बढ्दो छ । स्थानीय फिल्म रिलिज हुँदा समेत हामीले हल पाइरहेका छौँ । जबकि यहाँ प्राइभेट नभई नेपाल झैँ सिधै टिकेर काटेर फिल्म हेर्ने मिल्ने गरी शो गरिरहेका छौँ’,उनले भने ।

    यसले नेपालमा तेस्रो सातामा मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा एक शो, भक्तपुरमा रहेको क्युएफएक्समा तीन शो, लबिम मलमा चार शो, सिभिल मलमा तीन शो, ठमेलमा रहेको छायाँ सेन्टरमा एक शो दिएको छ ।

    क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा एक शो, वुटवलमा दुई शो, दमौलीमा एक शो, नारायणघाटमा रहेको जलमामा दुई शो, विराटनगरमा एक शो, विर्तामोडमा दुई शो दिएको छ ।

    काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा एक शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा एक शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा एक शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा दुई शो रहेको छ ।

    बानेश्वरमा रहेको वान सिनेमाजमा दुई शो र कालिमाटीमा दुई शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा तीन शो र बुटवलमा रहेको आइएनआइमा तीन शो दिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology