Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

महामारीका कारण तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा प्रभावित

महामारीका कारण तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा प्रभावित

  • 722
    SHARES
  • महामारीका कारण तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा प्रभावित

    हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो । 

    images

    नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम  हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ । 

    सामान्या अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौंको सङ्ख्यामा भक्तालुहरु सहभागी हुने गर्दछन् । त्यसैगरी स्थानीय नेवार समुदायले नियमित पूजा लैजाने गर्दछन् भने भाकलअनुसार हजारभन्दा बढी व्यक्तिले बलि दिने गर्दछन् । यो जात्रा नगरपालिकाको बज्रबाराही माईको थानमा लाग्ने गर्दछ । 

    नगरपालिकाले जात्रा स्थगन गर्न आग्रह गरे पनि जात्राका धामीझाँक्री र पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नैपर्ने अडान राखेका छन् ।

    जात्रामा बलि दिन भक्तालुहरुले भाकल गरी पशुपक्षी पालिरहेको चार वर्ष भइसकेकाले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर जात्रा गर्नुपर्ने उनीहरुको अडान छ । जात्रामा बाराही माईलाई बलि दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरी पालिँदै आएको छ ।  

    धर्म–संस्कृति र परम्पराअनुसार जात्रा सञ्चालन गर्नैपर्ने भए विधि मात्र पुर्याएर व्यवस्थापन गर्ने गरी प्रस्ताव गर्न नगर प्रमुख विष्टले सम्बद्ध समुदायलाई आग्रह गरेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology