Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

अनुपम खेरले नै पाएनन् 'उचाइ' को टिकट !

अनुपम खेरले नै पाएनन् 'उचाइ' को टिकट !

  • 125
    SHARES
  • अनुपम खेरले नै पाएनन् 'उचाइ' को टिकट !


    मुम्बई । निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भएपनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।

    images

    यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये एक अनुपम खेरले एक भिडियो सामाजिक सञ्जालमा साझा गर्दै आफूले ‘उचाइ’को टिकट नपाएको उल्लेख गरेका छन् । भिडियोमा उनी मुम्बईको कुनै एक थिएटरमा पुगेका छन् । उनले टिकट मागिरहँदा टिकटवालाले फिल्म हाउसफूल भएकाले टिकट दिन नमिल्ने भनेका छन् ।

    भिडियोमा अनुपम सुट लगाएर थिएटर बाहिर उभिएका छन् । आफूले अभिनय गरेको फिल्मको टिकट आफूले नै नपाउनु आश्चर्यजनक रहेको भन्दै खुशी व्यक्त गरेका छन् । यो कुरा उनले निर्देशक सुरजलाई पनि बताएका छन् ।

    ‘मैले उचाइको टिकट पाइनँ । पहिलोपटक असफलतामा सफलता देखें । म खुशीले पागल झैं भएको छु । जे पनि हुनसक्छ । जय हो’, उनले ट्वीटरमा भिडियो शेयर गर्दै लेखेका छन् ।

    नेपालमा ७० प्रतिशत छायांकन गरिएको फिल्ममा अमिताभ बच्चन, बोमन ईरानी, डेनी डेन्जोङ्पा र परिणिती चोपडाको पनि अभिनय छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology