Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनका पहुँचमा

एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनका पहुँचमा

  • 756
    SHARES
  • एक हजार घरधुरी केन्द्रीय विद्युत् लाइनका पहुँचमा

    रुकुमपूर्व । रुकुम पूर्वका एक हजार घरधुरी केन्द्रिय विद्युत् लाइनको पहुँचमा पुगेका छन् ।

    तीन वटा गाउँपालिका रहेको यस जिल्लाका दुई गाउँपालिकाका एक हजार घरधुरीमा विद्युत् विस्तारको काम गरिएको छ । सिस्ने गाउँपलिकाको दुई वटा वडा र भूमे गाउँपलिकाको तीन वटा वडामा केन्द्रिय लाइनको विद्युत् पुगेको प्राधिकरण वितरण शाखा रुकुम पूर्वले जनाएको छ ।

    अहिलेसम्म सिस्ने-५ को ९५ प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको प्राधिकरण वितरण शाखा कार्यालयका प्रमुख युवराज रावतले बताए । वडा नं ५ को दुधिल्ला गैरामा शनिबार मात्रै विद्युतीकरण भएको छ । अब ह्याप्ला लगायतका केही ठाउँमा मात्र विद्युत् विस्तारको काम बाँकी रहेको रावतले बताए । 

    यस्तै वडा नं ६ को पनि ८० प्रतिशत ठाउँमा विद्युतीकरण भइसकेको छ । वडा नं ६ को छिप्रीदह बाहेकको सबै ठाउँमा केन्द्रिय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको कार्यालयले जनाएको छ । छिप्रीदहमा भने अहिले बाफीकोट गाउँपालिका रुकुम पश्चिममा रहेको नवभिजन सहकारी संस्थाको बिजुली बलिरहेको छ ।

    यस्तै भूमे गाउँपालिकाको वडा नं ५ पूर्णरूपले विद्युतीकरण भइसकेको छ । वडा नं ४ को पनि ६० प्रतशित घरधुरीमा प्राधिकरणको बिजुली बलेको कार्यालय प्रमुख रावतले बताए ।

    उनका अनुसार भूमे-२ मा भने गाउँपालिकाको केन्द्र खाबाङ बगरमा मात्र विद्युतीकरण भएको छ । अन्य ठाउँमा ग्राहकको मागअनुसार प्राथमिकताका आधारमा विद्युत् विस्तार गरिने छ । 

    यस लगत्तै कार्यालयले सिस्ने-३ को पोखरा र पाँगाका साथै भूमेको काँक्री हुँदै पुथाउत्तरगङ्गा गाउँपलिकाको क्युवाङ र तकसेरामा केन्द्रिय लाइनको विद्युत् विस्तार गरिने छ ।

    यहाँको भौगोलिक बनावट र छरिएर रहेका बस्तीहरुले गर्दा काम गर्न भने केही समस्या भएको कार्यालयले जनाएको छ । टाढाटाढा छरिएर रहेका बस्तीले गर्दा स्रोत साधन पनि धेरै लाग्ने र काम गर्न पनि समस्या हुने गरेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij