Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

निर्वाचन आयोगले माग्यो प्रधानाध्यापकसँग स्पष्टीकरण

निर्वाचन आयोगले माग्यो प्रधानाध्यापकसँग स्पष्टीकरण

  • 379
    SHARES
  • निर्वाचन आयोगले माग्यो प्रधानाध्यापकसँग स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले संखुवासभा धर्मदेवी–३, ओख्रेका पञ्चकन्या प्राथमिक विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । 

    प्राध्यापकले फेसबुक पेजमार्फत मत मागेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । 

    ‘उपर्युक्त सम्बन्धमा तपाईंले आफ्नो फेसबुक पेजमार्फत नियमित रुपमा एउटा पार्टीको मत मागेको भनी उजुरी परेको हुँदा यो पत्र लेख्ने कार्य भएको छ,’ आयोगले लेखेको पत्रमा उल्लेख छ । 

    निर्वाचन आचारसंहिता, २०७९  को दफा १० खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था गरिएको छ । 

    सोही दफाको खण्ड (ज) मा सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने उल्लेख छ । 

    ‘उल्लेखित सन्दर्भमा तपाईंले आफ्नो फेसबुक पेजमार्फत निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ?,’ आयोगले सोधेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij