Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए

अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए

  • कार्तिक २९, २०७९ मंगलवार ०७:१० बजे
  • 351
    SHARES
  • अमेरिकामा गोली चल्यो, तीन फुटबलर मारिए


    भर्जिनिया । युनिभर्सिटी अफ भर्जिनिया फुटबल टिमका तीन सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको छ ।

    आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुई जना घाइते भएका छन् । युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरुमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । 

    घटनामा संलग्न एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । मारिनेहरूमा भर्जिनिया बीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन्।
     

  • सम्बन्धित विषय:

  • # हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij