Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

पानीकाे ट्यांकरमा मोटसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

पानीकाे ट्यांकरमा मोटसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

  • 338
    SHARES
  • पानीकाे ट्यांकरमा मोटसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

    काठमाडौं । भक्तपुर सल्लाघारीमा पानी ट्यांकरमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

    बाग्मती प्रदेश०२-०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानी ट्यांकरमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    मोटरसाइकलमा सवार झापा घर भई हाल मध्यपुरथिमि-३ बस्ने २३ वर्षीय अनिल साहको इवामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको उपरीक्षक पाण्डेले बताए ।

    प्रहरीले दुर्घटना भएका दुवै सवारीसाधन र ट्यांकर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रवीण सुवाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij