Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

इसीडी शिक्षकका यी माग पूरा गर्न आग्रह

इसीडी शिक्षकका यी माग पूरा गर्न आग्रह

  • 1.5K
    SHARES
  • इसीडी शिक्षकका यी माग पूरा गर्न आग्रह

    चितवन । प्रारम्भिक बालविकास शिक्षक, जिल्ला समिति चितवनकी अध्यक्ष रेखा रानाभाटले नेकपा एमाले अध्यक्ष केपी ओलीलाई सोमबार विभिन्न ७ बुँदे ज्ञापनपत्र बुझाएकी छिन् । अध्यक्ष ओली चुनावी कार्यक्रमका लागि चितवन आएका बेला रानाभाटले बालविकास शिक्षकका समस्या तथा मागका विषयमा ज्ञापनपत्र बुझाएकी हुन् । उनले माग पूरा गरिदिन अनुराेध गरिन् । अध्यक्ष ओलीले माग पूरा गर्ने आश्वासन दिए । 

    images

    मागहरू

    १. प्रारम्भिक बालविकास शिक्षकहरूलाई स्थायी तहबाट हटाएर पूर्ण रूपमा संघीय सरकारले हेर्ने व्यवस्था गरियोस् । 

    २. प्रारम्भिक बालविकास केन्द्रमा शिक्षक दरबन्दीलाई विद्यालय संरचनामा (०–१२) भित्र कायम गरी कार्यरत शिक्षकहरूको सेवा सुविधा गणना हुने गरी एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रक्रियामा लगियोस् । 

    ३. बालशिक्षकहरू अवकारमा रहँदाको अवस्थामा उपदान रकमको थालनी गरियोस् । 

    ४. सबै सामुदायिक विद्यालयका बालविकास केन्द्रहरूलाई आधुनिक प्रविधिसहित स्रोतसाधनले सम्पन्न बनाइयोस् । 

    ५. सबै शिक्षकहरूले पाउने बिदा सरह इसीडी शिक्षकहरूको बिदा सुनिश्चित गरियोस् । 

    ६. दुर्घटना र स्वास्थ्य बिमाको व्यवस्था गरियोस् । 

    ७. इसीडी शिक्षकहरूलाई अरू राष्ट्रसेवकहरू सरह सेवा र सुविधाको व्यवस्था गरियोस् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology