Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

रेखा थापालाई भोट दिन करिश्माको आग्रह

रेखा थापालाई भोट दिन करिश्माको आग्रह

  • 99
    SHARES
  • रेखा थापालाई भोट दिन करिश्माको आग्रह

    काठमाडौं । अभिनेत्री एवं नेकपा एमाले नेतृ करिश्मा मानन्धरले राप्रपा उम्मेदवार रेखा थापालाई भोट मागेकी छन् । रेखा मोरङ निर्वाचन क्षेत्रनम्बर–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी छन् ।

    images

    सो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट डा.सुनिल शर्मा उम्मेदवार बनेका छन् । ढकाल सोही क्षेत्रका निवर्तमान सांसदसमेत हुन् । आफ्नै पार्टीको उम्मेदवारलाई नभएर करिश्माले रेखा थापाका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत भोट मागेकी हुन् ।

    ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरूले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’ करिश्माले फेसबुकमा लेखेकी छिन् ।

    यसअघि भएकाे स्थानीय तहको निर्वाचनअघि करिश्मा एमाले प्रवेश गरेकी थिइन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology