Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

लमजुङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट

लमजुङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट

  • 496
    SHARES
  • लमजुङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट

    लमजुङ । मध्यनेपाल नगरपालिका वडा नम्बर १ जितामा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ । कांग्रेस वडा कार्यसमितिका सचिव मिलन थापा र कांग्रेस नेता भरत थापामाथि कुटपिट भएको बताइएको छ । कुटपिटमा संलग्न व्यक्ति फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    नेकपा (एमाले)बाट निर्वाचित वडाअध्यक्ष सुदिप थापाको निर्देशनमा आफ्ना कार्यकर्ता कुटिएको कांग्रेसको आरोप  छ । वडाअध्यक्ष थापासहितका केही व्यक्तिलाई भने इलाका प्रहरी कार्यालय भोर्लेटारको टोलीले पक्राउ गरेको छ । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय बेशीशहर लगिएको छ । कुटपिटमा घाइते मिलन र भरतलाई भने उपचारका लागि पोखरा लगिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # कुटपिट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij