Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा

आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा

  • 346
    SHARES
  • आचारसंहिता उल्लंघन गर्दै शिक्षक चुनाव प्रचारमा

    लमजुङ । लमजुङमा शिक्षकले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै उम्मेदवारको प्रचारमा संलग्न भएको पाइएको छ । आचारसंहिता उल्लंघन गर्नेमा विद्यालयका प्रधानाध्यापक र शिक्षक संगठनका नेतासमेत छन् ।

    images

    सार्वजनिक कार्यक्रममा उपस्थित भएर मत माग्ने, उम्मेदवारसँगै घरदैलो तथा औपचारिक कार्यक्रममा हिँड्ने साथै सामाजिक सञ्जालमार्फत उम्मेदवारको प्रचारप्रसार तथा मत मागेको पाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै बेसीँशहर नगरपालिका-५ नाल्मास्थित लाङ्दीदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राजु गुरुङ, मध्यनेपाल नगरपालिका-२ स्थित बालविकास माविका शिक्षक मोहनराज घिमिरे, बेँसीशहरस्थित जनविकास माविका शिक्षकहरू शिवराज अधिकारी, दीपेन्द्र रावल, बसन्त अधिकारी र एकदेव घिमिरेविरूद्ध उजुरी परेको छ ।

    शिवराज नेपाल शिक्षक संघका जिल्ला अध्यक्षसमेत हुन् । यस्तै धेरै मानिस जमघट हुने गरि कार्यक्रम गर्न लागेको भन्दै सिउडीबजारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाविरूद्ध पनि उजुरी परेको कार्यालयले जनाएको छ ।

    मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले लिखित उजुरी परेका व्यक्तिमाथि स्पष्टिकरण सोधिएको र जवाफसमेत आइसकेको बताए । निर्वाचन आचारसंहिता उल्लंघन नगरी प्रचारप्रसारमा जुट्न उनले दल र उम्मेदवारलाई आग्रह गरेका छन् ।

    उनले भने, ‘आचारसंहिता उल्लंघन नगर्न दल र उम्मेदवारलाई हरेक पटकको बैठकमा भनेका छौँ । आचारसंहिताबारे सार्वजनिक माध्ययमहरूबाट सूचना पनि सम्प्रेषण भइरहेको छ । चुनावी आचारसंहिता उल्लंघन कसैबाट पनि हुनु हुँदैन । भएको पाइएमा कारबाही हुन्छ ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology