Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

१५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

१५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

  • 281
    SHARES
  • १५ हजार नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ

    पर्सा । जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित सडकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार नक्कली मतपत्रसहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपञ्चायत-१४ ठेगाना भएका ४० वर्षीय इजाजत अहमद रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बीआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पोखरीया र बीओपी भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मत्रपत्र भेटिएको थियो ।

    मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला परेपछि मोटरसाइकल चालक अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij