Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का 

अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का 

  • 81
    SHARES
  • अन्याय भए पनि कांग्रेसमै बसेर राजनीति गर्छु : पूर्व मन्त्री खड्का 

    पाेखरा । गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले अन्याय नै भए पनि आफूले कांग्रेसमा बसेर राजनीति गर्ने बताएका छन् ।

    images

    मंगलबार बर्खास्तीमा परेका खड्काले आज पत्रकार सम्मेलन गरी आफूलाई अन्यायपूर्ण तवरबाट बर्खास्त गरिएको बताए । बर्खास्तीबारे आफूसँग मुख्यमन्त्रीले कुनै सरसल्लाह नगरेकाे बताउँदै उनले सञ्चारमाध्यमबाट जानकारी पाएको बताए ।

    टिकट नपाएकै कारण कांग्रेस नछाड्ने बताउँदै उनले आफूले अखण्ड नेपाल पार्टीलाई काग्रेसमा समाहित गरेर आएको र पार्टीले सांसद, लेखा समिति सभापति, मन्त्री जस्ता जिम्मेवारी दिएको उल्लेख गरे ।

    बर्खास्तीबारे मुख्यमन्त्रीसँग जवाफ खोज्ने बताउँदै उनले यो बर्खास्ती विन्दुकुमार थापा र मुख्यमन्त्रीसँग पछिल्लो समयमा चिसिएको सम्बन्ध कारण हुनसक्ने संकेत गरे ।

    आफूले उम्मेदवार विन्दुकुमार थापालाई असहयोग नगरेको तर थापाले आफूलाई निराधार आरोप लगाएको खड्काले बताए ।

    आफू मन्त्री पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले यस अवधिमा यातायात क्षेत्र लगायतमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गरे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology