Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चलचित्र ‘महापुरूष’ चौँथो सातामा प्रवेश

चलचित्र ‘महापुरूष’ चौँथो सातामा प्रवेश

  • 475
    SHARES
  • चलचित्र ‘महापुरूष’ चौँथो सातामा प्रवेश

    काठमाडौं । गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरूष’ चौँथो सातामा प्रवेश गरेको छ । चौँथो सातमा प्रवेश गर्दासमेत चलचित्रले मल्टिप्लेक्समा दर्शकको राम्रो साथ पाइरहेको छ ।

    images

    दिवा तथा रात्री शोहरूमा शतप्रतिशत अकुपेन्सी पाइरहेको चलचित्रको शोमा समेत कटौती भएको छैन । दर्शकको छाप यथावत रहेकै कारण मल्टिप्लेक्समा चलचित्रको शो घट्न पाएको छैन ।

    चलचित्र हेर्ने आइपुगेका दर्शक सन्तुष्ट भएको प्रतिक्रिया पाउँदा कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ दंग छ । चलचित्र हेर्न परिवार नै आउने गरेको हुँदा बिदामा झनै शो बढ्ने लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।

    उनले भने, ‘शुक्रबार र शनिबार पाएको शोमा दर्शकको चाप बढ्दो छ । परिवार नै दर्शक बनेर आउने हुँदा प्रायः दिउँसो र रात्री शोहरू हाउसफुल भइरहेका छन् । चलचित्र हेरेर निस्किँदा दर्शकमा देखिएको सन्तुष्टि नै हाम्रो सफलता हो ।’

    चलचित्र युरोपमा २० नोभेम्बरबाट प्रदर्शन हुँदैछ । अन्य देशमा समेत प्रदर्शन गर्ने तयारीमा चलचित्र निर्माण टिम लागेकाे छ । ‘चलचित्रले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमान्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए ।

    चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरूण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा छन् ।

    चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एलक पुरूषसँगै एक्लोपन कथा चलचित्रमा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अस्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ ।

    षट्कोण आर्ट्स प्रालिको ब्यानरमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा चलचित्र निर्माण गरेको छ ।

    चलचित्रमा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन छ । यही चलचित्रबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा चलचित्रमा डेब्यु गरेका छन् । चलचित्रले २१ दिनमा ८ करोड ८ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology