Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

इराकमा ग्यास ट्यांक विस्फोट हुँदा ११ जनाको मृत्यु

इराकमा ग्यास ट्यांक विस्फोट हुँदा ११ जनाको मृत्यु

  • 110
    SHARES
  • इराकमा ग्यास ट्यांक विस्फोट हुँदा ११ जनाको मृत्यु

    एजेन्सी । उत्तरी इराकमा ग्यास ट्यांक विस्फोटन हुँदा ११ जनाको मृत्यु भएको छ ।

    images

    सुलेमानियाहमा बिहीबार साँझ भएको उक्त विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको र १३ जना घाइते भएको शहरका आपतकालीन प्रतिक्रिया प्रमुख समन नादेरले एएफपीलाई जानकारी दिएका छन् । ट्यांकीबाट ग्यास चुहावट भएपछि विस्फोट भएको थियो ।

    युद्धले क्षतिग्रस्त इराकका धेरैजसो पूर्वाधार जीर्ण छ भने त्रासदीहरू सामान्य छन् । विशेष गरि यातायात र निर्माण क्षेत्रहरूमा, देश कमजोर रूपमा लागू गरिएको सुरक्षा मापदण्डबाट ग्रस्त छ ।

    नादेरले इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको दोस्रो ठूलो शहरमा भत्किएको तीन तले घरको भग्नावशेषमा अझै चार जना फसेको बताए । ‘हाम्रा टोलीहरू भत्किएको घरमुनि फसेका मानिशहरूलाई उद्धार गर्न १५ घण्टाभन्दा बढी समयदेखि काम गरिरहेका छन् ।’ नादेरले भने ।

    विस्फोटपछिछ झ्यालहरू चर्किनुका साथै नजिकैका भवन काला बनेका छन् ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology