Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

किम जोङले पहिलो पटक सार्वजनिक गरे छोरी

किम जोङले पहिलो पटक सार्वजनिक गरे छोरी

  • 106
    SHARES
  • किम जोङले पहिलो पटक सार्वजनिक गरे छोरी

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् । देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक गरेका हुन् ।

    images

    सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा छोरीलाई सेतो ज्याकेटमा उनको छेउमा उभिएको देख्न सकिन्छ । छोरीले बाबुको हात समाएर हतियार सैन्य हार्डवेयर अवलोकन गरेको देख्न सकिन्छ ।

    सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल ह्वासोङ-१७ परीक्षण गरेको थियो । तर त्यो भन्दा ठूलो आश्चर्य किमसँगै छोरीको उपस्थिति थियो । किमकी छोरीको नाम भने सार्वजनिक गरिएको छैन् ।

    अमेरिका स्थित स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले भने, ‘यो पहिलो अवलोकन गरिएको अवसर हो जहाँ हामीले सार्वजनिक कार्यक्रममा किम जोङ उनकी छोरीलाई देखेका छौँ । यो धेरै महत्त्वपूर्ण छ र यसले किम जोङ उनको पक्षमा एक निश्चित हदसम्म सान्त्वनाको प्रतिनिधित्व गर्दछ ।’

  • सम्बन्धित विषय:

  • # किम जोङ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology