Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

तनहुँमा डेंगु संक्रमित बढ्दै

तनहुँमा डेंगु संक्रमित बढ्दै

  • 297
    SHARES
  • तनहुँमा डेंगु संक्रमित बढ्दै

    तनहुँ । तनहुँमा असोज र कात्तिक महिनामा आठ सय २३ जनामा डेंगु संक्रमण भएको भएको छ ।

    images

    डेंगु संक्रमण बढेसँगै निको हुनेको संख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

    धेरैजसो डेंगु पोजेटिभ भएका बिरामी आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरूमा डेंगु संक्रमण भएको छ ।

    कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेंगु संक्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

    ‘मलाई पनि डेंगु संक्रमण भयो, शरीर निकै दुख्ने रहेछ, संक्रमण भएपछि १० दिन सुत्नुपर्‍यो तर अहिले निको भएको छ’, उनले भने । अस्पतालमा दैनिक दुई सयको हाराहारीमा स्वास्थ्य परीक्षणका लागि मानिस आउने गरेको दमौली अस्पतालले जनाएको छ ।

    डेंगुका बिरामीलाई प्रशस्त मात्रमा पानी पिउने र आराम गर्नसुझाव सल्लाह दिइएको अस्पतालका निमित्त प्रमुख डा.दिवस ढकालले बताए । अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये दैनिक आठ/दश जनामा डेंगु पोजेटिभ देखिने गरेको डा.ढकालले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology