वेबटिभी खबर
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् । मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् ।
काठमाडौं क्षेत्रनम्बर-४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् ।
आफूलाई उनले भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गर्ने गरेका छन् ।
उनले भने, ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ । तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछ ।’
आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म चल्नेछ । सोही समयलाई मध्यनजर गर्दै उनले मतदान गर्न छुटेको भए बाँकी समयमै गएर मतदान गर्न आग्रह गरेका हुन् ।
‘यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij