वेबटिभी खबर
महोत्तरी । महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन । क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना गरेपछि मतगणना रोकिएको हो ।
भुलवस क्रस भएका मतलाई सदर गर्दै मताधिकारलाई सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यस्लाई बदर नै गर्नुपर्ने अडान लिएका छन् । अडान लिनेहरूमा नेकपा एस, जसपा, एमालेलगायतका दल छन् भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने विषयमा अडान लिनेमा सत्तारुढ दल रहेका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने, ‘कर्मचारीहरूको त्रुटीले मतदान गरेका मतदाताहरू अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो माग हो ।’ विशेषगरि क्रस मतको विषयमा क्षेत्रनम्बर-१ मा विवाद सिर्जना भएको छ ।
दिउँसाे १ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण अहिलेसम्म मत गणना हुन नसकेको हो । निर्वाचन अधिकृत गुणराज श्रेष्ठले सर्वदलीय सहमति जुटे आफू मतगणना गर्न तयार रहेको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij