Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अध्ययन भन्छ- राति अबेरसम्म अफिसको काम गर्दा एक वर्षमा सात लाखको मृत्यु

अध्ययन भन्छ- राति अबेरसम्म अफिसको काम गर्दा एक वर्षमा सात लाखको मृत्यु

  • 1.6K
    SHARES
  • अध्ययन भन्छ- राति अबेरसम्म अफिसको काम गर्दा एक वर्षमा सात लाखको मृत्यु

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार कार्यालयमा अबेरसम्म काम गर्नाले विश्वमा प्रत्येक वर्ष लाखौं मानिसको ज्यान गइरहेको छ । पहिलोपटक विश्वव्यापी रुपमा गरिएको अध्ययनका अनुसार सन् २०१६ मा लामो समयसम्म कार्यालयमा काम गर्दा स्ट्रोक तथा मुटुको रोगका कारण ७ लाख ४५ हजार मानिसको मृत्यु भएको थियो । जुन सन् २००० यता २९ प्रतिशले बढेकाे छ । 

    इन्भार्मेन्ट इन्टरनेशनलमा प्रकाशित रिपोर्टअनुसार दक्षिणपूर्वी एशिया र पश्चिमी प्यासिफिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । डब्ल्युएचओले कोरोना महामारीका कारण स्थिति अझ खराब हुन सक्ने बताएको छ । अध्ययनले प्रत्येक साता ३५ घण्टादेखि ४० घण्टासम्म काम गर्ने व्यक्तिको तुलनामा ५५ घण्टाभन्दा बढी काम गर्नेहरुमा स्ट्रोकको खतरा ३५ प्रतिशत र मुटुसम्बन्धी समस्याबाट मृत्यु हुने खतरा १७ प्रतिशतभन्दा बढी देखाएको छ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको सहकार्यमा गरिएको सन् २०००, २०१० र २०१६ मा मुटु राेग र स्ट्रोकबाट मृत्यु भएका मानिसहरूकाे लिंग र उमेरमा आधारित रहेर १९४ देशमा गरिएकाे अध्ययनले मृत्यु भइसकेकामध्ये एक तिहाइ वृद्ध वा मध्यम आयु भएका व्यक्ति थिए । यसमा धेरैजसो लामो समय काम गरेका व्यक्तिहरु थिए । विश्व स्वास्थ्य संगठनको अध्ययनमा महामारीले पनि लामो समय काम गर्ने वातावरणलाई खासै फरक पारेको देखिँदैन ।

    महामारीका कारण भएको आर्थिक मन्दीले मानिसहरु झन् तनावमा परेर बढी काम गर्न थालेको डब्ल्युएचओको भनाइ छ । विश्व स्वास्थ्य संगठनका प्राविधिक अधिकारी फ्रान्क पेगाका अनुसार देशव्यापी लकडाउनमा काम गर्ने घण्टामा १० प्रतिशत वृद्धि भएको छ । रिपोर्टका अनुसार घण्टौं काम गर्नु भनेको कामसँग सम्बन्धित तनावको एक तिहाइ हिस्सा हो । धेरै बेर काम गनु तनावको सबैभन्दा ठूलो कारण बन्छ । 

    अनुसन्धानकर्ताका अनुसार लामो समय काम गर्दा एउटा, दिमागमा तनावको सिधा प्रभाव पर्छ र अर्को, सुर्तीजन्य पदार्थ, मदिराको लत लाग्नु, व्यायाम कम हुनु, निन्द्रा नपर्नु, सन्तुलित आहार नपुग्नुजस्ता समस्या हुन्छन् । यी समस्याले मानिसहरुमा एन्जाइटी, डिप्रेसनले सताउने पनि अध्ययनकर्ताले बताएका छन् । विश्व स्वास्थ्य संगठनले कर्मचारीहरुको स्वास्थ्य र कामका कारण उनीहरुको मानसिक एवं शारीरिक स्थितिमा पर्ने प्रभावबारे सोच्न कम्पनीहरुलाई सुझाव दिएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij