Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

साउदी अरबविरूद्ध के कारबाही गर्ने तयारीमा छन् बाइडेन ? 

साउदी अरबविरूद्ध के कारबाही गर्ने तयारीमा छन् बाइडेन ? 

  • फाल्गुण १६, २०७७ आइतवार ११:५६ बजे
  • 894
    SHARES
  • साउदी अरबविरूद्ध के कारबाही गर्ने तयारीमा छन् बाइडेन ? 

    वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार आफ्नो प्रशासनले साउदी अरबका बारेमा सोमबार एक घोषणा गर्ने बताएका छन् । पत्रकार जमाल खसोग्गी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनी खोज रिपोर्टपछि सबैले बाइडेनतर्फ केन्द्रित भएका छन् । 

    बाइडेन प्रशासनले केही खण्डहरुमा आलोचनाको सामना गर्नुपरेको छ । अमेरिकी अखबार वाशिंटन पोस्टको एक सम्पादकीयमा भनिएको छ, ‘राष्ट्रपति क्राउन प्रिन्सप्रति कठोर हुन आवश्यक छ ।’ 

    नयाँ अमेरिकी प्रशासनमा क्राउन पिन्स खसोग्गीको हत्याको अनुमति दिएको आरोप लागे पनि प्रतिबन्ध लगाएका छैनन । राष्ट्रपति बाइडेनसँग क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई सजाय दिने बारे प्रश्न गर्दा ‘साउदी अरबलाई के कारबाही गर्ने भन्ने बारे सोमबार एक घोषणा हुने’ बाइडेनले बताएका छन् । 

    बाइडेनले के घोषणा गर्छन भन्ने बारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन । तर समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार ठुलै कदम उठाउने सम्भावना भने रहेको छैन ।

    पत्रकार खसोग्गी आफ्नो देश साउदी अरब छोडेर अमेरिका बस्दै आएका थिए, उनी वाशिंटन पोस्टमा एमबिएसको नीतिको आलोचनामा आफ्ना दृष्टिकोण लेख्थे । सन् २०१८ मा टर्कीको इस्तानबुलमा साउदी उच्चायोगमा साउदी एजेन्ट्सले उनको हत्या गरेर शव टुक्रा टुक्रा पारेर फालेको थियो । साउदी सरकारले क्राउन प्रिन्सको संलग्नता अस्वीकार गर्दै शुक्रबार एक विज्ञप्ति जारी गरी अमेरिकी रिपोर्टको खोजलाई खारेज गरेको थियो । र खसोग्गीको हत्या अपराधिक समूहले गरेको जघन्य अपराध बताएको थियो । 

    अमेरिकाले साउदी अरबका क्राउन प्रिन्सले खसोग्गीको हत्या गर्न आदेश दिएको भन्दै त्यहाँका केही नागरिकमाथि भिसालगायत अन्य प्रतिबन्ध लगाएको घोषणा गरेको थियो । यसमा एक पूर्व गुप्तचर विभाग प्रमुख संलग्न रहेकाले उनको अमेरिकामा रहेको सम्पत्ति फ्रिज गरेको र अमेरिकी नागरिकसँग काम गर्न प्रतिबन्ध लगाएको छ । 

  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # साउदी अरब

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij