वेबटिभी खबर
लमजुङ । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका देवप्रसाद गुरुङले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तरलाई घटाउँदै लगेका छन् ।
प्रतिस्पर्धी नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले २२ हजार ४३८ मत प्राप्त गर्दा देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।
क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।
कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५१२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij