Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बैतडीमा विद्युत् सेवा अवरूद्ध

बैतडीमा विद्युत् सेवा अवरूद्ध

  • 339
    SHARES
  • बैतडीमा विद्युत् सेवा अवरूद्ध

    बैतडी । बैतडीको दोगडाकेदारमा मंगलबारदेखि विद्युत् सेवा अवरूद्ध भएको छ । मंगलबार दिउँसो ३ बजे दोगडाकेदार गाउँपालिका-३ खिरेगाउँमा तार चुँडिदा विद्युत् सेवा अवरूद्ध भएको हो ।

    विद्युत् सेवा अवरूद्ध हुँदा अन्धकारमा बस्नुपरेको श्रीकोटका गणेशसिंह विष्टले बताए । विद्युतका कारण सञ्चारका उपकरण नचल्दा निर्वाचनको मतपरिणाम सुन्न उत्सुक व्यक्ति पनि विञ्चित भएका छन् ।

    विष्टले भने, ‘विद्युत् अवरूद्ध हुँदा अन्धकारमा बस्नु परेको छ, मोबाइलसमेत अफ हुँदा सञ्चारविहीन हुनुपरेको छ ।’ विद्युतबाट सञ्चालन हुने मिल पनि बन्द रहेका छन् ।

    यता नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टले भने विद्युत्को लाइन मर्मतका लागि प्राविधिक कर्मचारी खटाइएको बताए । एक स्थानीय बासिन्दाले रूख काट्दा मेनलाइनको एक किलोमिटर क्षेत्रको तारहरू चुँडिएको छ ।

    प्रमुख भट्टले भने, ‘प्राविधिक कर्मचारी खटाएका छौँ, मर्मत गरेर सञ्चालन गर्न दिउँसोसम्म समय लाग्छ होला ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij