Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गोरखाका चारवटै प्रदेशसभा सदस्यमा गठबन्धन विजयी

गोरखाका चारवटै प्रदेशसभा सदस्यमा गठबन्धन विजयी

  • 410
    SHARES
  • गोरखाका चारवटै प्रदेशसभा सदस्यमा गठबन्धन विजयी

    गोरखा । गोरखाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । गोरखा १ (क) मा माओवादीका कृष्ण धिताल, १ (ख) मा कांग्रेसका नन्दप्रसाद न्यौपाने, २ (क) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

    गोरखा १ (क) मा धितालले एमालेका सुरेन्द्र थापालाई हराएका हुन् । धितालले १४ हजार २७६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी थापाले ८ हजार ८०२ मत पाएका छन् ।

    त्यस्तै १ (ख) मा न्यौपानेले एमालेका मोहन भट्टराईलाई हराए । न्यौपानेले १६२६५ मत पाउँदा भट्टराईले ७५३३ मत पाए । गोरखा २ (क) मा माओवादीको चुनाव चिन्हबाट लडेका देवकोटाले एमालेका राजु रानालाई पराजित गरे ।

    देवकोटाको १० हजार २४७ मत आउँदा रानाले ४२०४ मत प्राप्त गरेका छन् । (ख) मा कांग्रेसका पाण्डे अत्यधिक मतले विजयी भएका छन् । उनले एमालेका बसन्त गुरुङलाई हराएका हुन् । पाण्डेको १५ हजार २२९ मत आउँदा गुरूङले ४ हजार ५२९ मत ल्याएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij