Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

  • 399
    SHARES
  • टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

    एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से शहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।

    images

    भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएको थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

    भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ । पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो ।

    भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए ।

    टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology