गोरखा । गोरखा–२ को (२) प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेले पार्टीले प्रस्ताव राखे मुख्यमन्त्रीका लागि तयार रहेको बताएका छन् ।
‘मैलै एक्लैले मुख्यमन्त्री हुन्छु भनेर भएन, आधिकारिक रूपमा पार्टीले निर्णय गर्नुपर्छ, पार्टीले निर्णय गरे म तयार छु,’ पाण्डेले भने । सबै दललाई साथमा लिएर प्रदेशको विकास र समृद्धिका लागि अघि बढ्ने उनले बताए ।
भच्चेकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा डा.बाबुराम भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्री र पाण्डेलाई गण्डकी प्रदेशका भावी मुख्यमन्त्रीका रूपमा चिनाएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology