वेबटिभी खबर
अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफ्नो अग्रता कायमै राखेका छन् ।
६० हजार ७५३ मतगणना हुँदा रायमाझीले २९ हजार १९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले २६ हजार ९७८ मत प्राप्त गरेकी छन् । भुसालभन्दा रायमाझी २ हजार ४१ मतले अगाडि छन् ।
यस्तै अर्का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले २ हजार २०१ मत ल्याएर तेस्रो स्थान बनाएका छन् । अझै करिब ३० हजार मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij