Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

प्रधानाध्यापकसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानाध्यापकसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

  • 374
    SHARES
  • प्रधानाध्यापकसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुशन्धान आयोगले सल्यानको शारदा नगरपालिका-२, लुहापिङ्गस्थित त्रिभुवन जन माध्यमिक विद्यालयका तत्कालीन प्रध्यानाध्यपकसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images

    भवन निर्माण अनुगमन समितका सदस्य माधव विक्रम जिसी, ईन्जिनियर, वडाअध्यक्ष र व्यवस्थापन समितिका अध्यक्षसहित ६ जनाविरूद्ध गैरकानूनी लाभ र हानी पुर्‍याएको भन्दै आयोगले भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हाे ।

    उनीहरूविरूद्ध त्रिभुवन जन माविको भवन निर्माण गर्दा टेण्डर आवह्वान नगरी कानूनी प्रक्रिया नपुर्याई रकम अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

    सोही उजुरीको आधारमा अनुसन्धान गर्दा विद्यालयको भवन (प्रयोगशाला, पुस्तकालय र बहुउद्देश्यीय हल) निर्माण योजनामा नापी किताब, भुक्तानीसम्बन्धी बिल र कार्य सम्पन्न प्रतिवेदनमा फिल्डमा भएको वास्तविक कामभन्दा बढी काम भएको देखाएको अनुसन्धानबाट खुलेको छ ।

    झुट्टा नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरि मूल्यांकनमा सही गरि ८७ लाख ३ हजार ३१२ रूपैयाँ सरकारलाई हानीनोक्सानी पुर्याकएको फेला परेपछि अख्तियारले आरोपपत्र दायर गरेको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology