Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्धार

भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्धार

  • 360
    SHARES
  • भूकम्प गएको दुई दिनपछि ६ वर्षीय बालकको जीवितै उद्धार

    एजेन्सी । इन्डोनेसियाका उद्धारकर्ताहरूले सियानजुरमा भत्किएको घरको भग्नावशेषबाट ६ वर्षीय बालकको जीवितै उद्धार गरेका छन् । उनी म्याट्रिसमा रहेकाले जीवितै उद्दार सम्भव भएको उद्दारकर्ताले बताएका छन् ।

    images

    अजका मौलाना मलिक नाम गरेका ती बालक दुई दिनदेखि फँसेका थिए । उनी मृत हजुरआमाको शवको छेउमा जीवित फेला परेका थिए । स्थानीय दमकल विभागले सेयर गरेको भिडियोमा उद्धार टोलीले उनलाई सुरक्षित स्थानमा उठाएपछि उनी शान्त देखिन्छन् । अजका अहिले ठीक छन् ।

    उनलाई चोट लागेको छैन । उनी भोकाएकोले कमजोर मात्र भएको डाक्टरले बताएका छन् । तर उनकी आमा भने सोमबारको भूकम्पमा मारिएकी थिइन् । ‘उनी घरमा जान चाहन्छन् ।

    ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या २७१ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएका छन् । भूकम्पपछि अझै पनि कम्तीमा ४० जना हराइरहेका छन् ।

    इन्डोनेसियामा बारम्बार भूकम्प जाने गरेको इतिहास छ । सन् २०१८ मा गएको भूकम्पमा २ हजार जनाको मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # भूकम्प

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology