Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

मकवानपुर–१ : विजयीतर्फ राप्रपाका सिंह

मकवानपुर–१ : विजयीतर्फ राप्रपाका सिंह

  • 152
    SHARES
  • मकवानपुर–१ : विजयीतर्फ राप्रपाका सिंह

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दीपकबहादुर सिंहको जित निश्चित भएको छ ।

    images

    गणनाको पहिलो दिनबाट तेस्रो स्थानमा रहँदै आएका सिंह हेटौँडा उपमहानगरपालिका क्षेत्रमा प्रवेश गरेसँगै आक्रमकरूपमा अघि बढेका छन् ।

    हालसम्म गणना भएको ८४ हजार ५ सय ६८ मतमा सिंहले २५ हजार ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले २४ हजार ३ सय ३० मत ल्याएकी छिन् ।

    एमालेका कमल थापाले २३ हजार ७ सय १४ मत प्राप्त गरेका छन् ।

    अहिले वडा नम्बर हेटौँडाको ९ र १२ मा गणना भैरहेको छ । यहाँ पनि दीपकले अग्रता बढाउँदै लगेका छन् । १० नम्बरको गणना बाँकी छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology