पर्वत । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा एमालेले विजयी हासिल गरेको छ ।
प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरि निर्वाचित भए । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी भए ।
कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरिले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी भएका हुन् ।
गिरिले २९ हजार आठ सय ७२ मत प्राप्त गरे भने जोशीले २७ हजार छ सय नौ मत ल्याए । प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गरे ।
कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गरे ।
प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गरे ।
जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology