Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

भारतमा दादुराबाट १२ बालबालिकाको मृत्यु

भारतमा दादुराबाट १२ बालबालिकाको मृत्यु

  • 86
    SHARES
  • भारतमा दादुराबाट १२ बालबालिकाको मृत्यु

    एजेन्सी । पश्चिमी भारतीय शहर मुम्बई र वरपरका क्षेत्रमा दादुराका कारण १२ बालबालिकाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । पहिलो मृत्यु अक्टोबर महिनाको अन्तिम साता रिपोर्ट गरिएको थियो । तीन बालबालिको ४८ घन्टाको अन्तरालमा मृत्यु भएका थियो ।

    images

    शहरमा बुधबारसम्म यस वर्ष २३३ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यो अघिल्लो वर्षको तुलनामा तीन गुणाबढी हो । गत वर्ष दादुराबाट २ जनाको मृत्यु भएको थियो ।

    अधिकारीहरू भन्छन् कि कोभिड महामारीबीच सुस्त खोप अभियानले दादुरा संक्रमणलाई ठूलो बढावा दिएको छ । दादुरा अत्यधिक संक्रामक मानिन्छ । विज्ञहरूका अनुसार यसले पाँच वर्ष मुनिका बालबालिकाहरूमा कोभिड-१९ ले भन्दाबढी गम्भीर जटिलताहरू निम्त्याउन सक्छ ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology