Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

कैलाली–१ प्रदेशसभा (२)मा नागरिक उन्मुक्तिका चौधरी विजयी

कैलाली–१ प्रदेशसभा (२)मा नागरिक उन्मुक्तिका चौधरी विजयी

  • 61
    SHARES
  • कैलाली–१ प्रदेशसभा (२)मा नागरिक उन्मुक्तिका चौधरी विजयी

    कैलाली । कैलाली क्षेत्रनम्बर-१ को प्रदेशसभा (२) मा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी विजयी भएका छन् । उनी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री डा.रणबहादुर रावलभन्दा ३ हजार २६४ मतान्तरले विजयी भएका छन् ।

    images

    चौधरीले ११ हजार ३१७ मत प्राप्त गरे भने निकटतम् प्रतिद्वन्द्वी रावलले ८ हजार ५३ मत ल्याएका छन् । यसअघि विसं २०७४ मा सम्पन्न भएको प्रेदशसभा निर्वाचनमा रावलले चौधरीलाई पराजित गरेका थिए । त्यसबेला चौधरी राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए ।

    निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले दिएको जानकारीअनुसार नेकपा एमालेका द्धारिकाप्रसाद न्यौपानेले ५ हजार ३२० मत प्राप्त गरेका छन् भने राप्रपाका डम्बरबहादुर थापाले १ हजार ३३८, स्वतन्त्र उम्मेदवार केशरबहादुर साउदले ८८८, स्वतन्त्र उम्मेदवार गणेश चौधरीले ५०८ र नेपाल लोकतान्त्रिक पार्टीका रामकृष्ण चौधरीले ४४१ मत प्राप्त गरेका छन् ।

    यसअघि प्रदेशसभा (१) मा समेत नागरिक उन्मुक्तिका कैलाश चौधरी भारी मतान्तरका साथ विजयी भएका छन् । क्षेत्र नम्बर-१ को प्रतिनिधिसभामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठको समेत जित सुनिश्चित भइसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology