Logo

२०७९, मंसिर २१ गते बुधवार

२०७९, मंसिर २१ गते बुधवार

images

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

  • 97
    SHARES
  • चितवन क्षेत्र नं १ बाट रास्वपाका ढकाल निर्वाचित

    चितवन । चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्  । नेकपा एमालेका सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् ।

    images

    ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरे भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गरे । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गरे ।

    सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । यसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

    उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा एमालेका जगन्नाथ थपलिया विजयी भए । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाएका थिए । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।

    यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा एकिकृत समाजवादीका कृष्णप्रसाद खनाल विजयी भए । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology