Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

यी ४ चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

यी ४ चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

  • 453
    SHARES
  • यी ४ चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

    काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेको राजनीतिक विश्लेषकहरूको तर्क छ ।

    images

    यस पटकको निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएको छ भने कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानतसमेत जफत भएको छ ।

    जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन् । नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जोगाउन सकेनन् ।

    काठमाडौं-७ बाट उम्मेदवार रहेका श्रेष्ठले कूल सदर मतको ६.८ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल ३६ हजार ६१ मत सदर भएको थियो ।

    यस्तै सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३.४ प्रतिशत मत प्राप्त गरेका छन्  ।

    जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र हाल काठमाडौं-५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन् । प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै मत पाएकी छिन् । काठमाडौं-५ मा सदर मत ४४ हजार २४९ छ ।

    रन्जुले जम्मा ६०० मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो । २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

    विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कूल २ हजार ३२७ मत प्राप्त गरेका छन् ।

    उक्त क्षेत्रको कूल सदर मत ४२ हजार ५१७ मतमा पाण्डेले २ हजार ३२७ मत प्राप्त गरेका छन् । यो कूल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने ४ हजार ९४६ मत प्राप्त गरेका थिए ।

    यद्यपी यसपटक भने उनको जमानतसमेत जफत भएको छ । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रूपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology