Logo

२०८०, चैत्र ६ गते मंगलवार

२०८०, चैत्र ६ गते मंगलवार

चुनावको प्रारम्भिक नतिजापछि केपी ओलीले गरे प्रचण्डलाई फोन, के भने ?

चुनावको प्रारम्भिक नतिजापछि केपी ओलीले गरे प्रचण्डलाई फोन, के भने ?

  • 311
    SHARES
  • चुनावको प्रारम्भिक नतिजापछि केपी ओलीले गरे प्रचण्डलाई फोन, के भने ?

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।

    images

    तत्कालीन नेकपा पार्टी विभाजनपछि अध्यक्ष ओलीले प्रचण्डलाई फोन गरेका हुन् । अध्यक्ष ओली र प्रचण्डले चुनाव जितेकोमा एकअर्कालाई बधाई र शुभकामनासमेत दिए ।

    फोन वार्ताकाक्रममा ओलीले अब सहकार्य गरेर जाने सम्भावनाबारे प्रचण्डसँग जिज्ञासा राखेका छन् । ओलीले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरे ।

    प्रचण्डको सचिवालयले दुई पार्टीका अध्यक्षबीच टेलिफोन संवाद भएको जानकारी दिएको छ । ‘अध्यक्ष केपी शर्मा ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियो,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

    नेकपाको विभाजनपछि दुवै नेताहरू तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो ।

    चुनावको प्रारम्भिक नतिजाअनुसार नेकपा एमाले दोस्रो र नेकपा माओवादी तेस्रो दल बन्ने देखिएको छ । फाइल तस्बिर

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology