वेबटिभी खबर
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक पार्टीका नेतृत्वहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् ।
गोरखा–२ बाट चुनाव जितेका उनले सदरमुकाम गोरखामा भएको धन्यवाद एवम् शुभकामना आदानप्रदान कार्यक्रममा अहिलेको निर्वाचनमा राजनीतिक एजेन्डा र विचारको अवमूल्यन किन भयो भनेर दलहरुले सोच्नुपर्ने बेला आएको बताए ।
प्रचण्डले भने, ‘नेपाली जनताले पाएको लोकतान्त्रिक अधिकार र वडासम्म पुगेको सिंहदरबारको अधिकारलाई उल्ट्याउने कतै न कतैबाट चेष्टा भइरहेको छ, यो निर्वाचनको क्रममा पनि त्यस्ता चेष्टा भएको देखियो, ‘कुनै राजनीतिक सिद्धान्त, विचार र एजेन्डामा नभइ आवेगमा आएर भ्रमित पार्ने संकेत देखिएकाले दलका नेतृत्वहरू गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij