Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

जहाँ निल भयो एमाले

जहाँ निल भयो एमाले

  • 358
    SHARES
  • जहाँ निल भयो एमाले

    धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृहजिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेशसभामै निल बनेको छ ।

    images

    २०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधितर्फ दुई स्थान जितेको थियो भने प्रदेशसभातर्फ ५ सीट जितेको थियो । तर मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने एमाले कैलालीबाट निल भएको हो ।

    प्रतिनिधिसभातर्फ कैलाली–४ मा इन्चार्ज भट्ट आफैं पराजित भएका छन् भने कैलाली–५ मा नारदमुनि राना, कैलाली–३ मा  गौरिशंकर चौधरी, कैलाली–२ मा झपड रावल र कैलाली–१ मा तपेन्द्र रावल पराजित भएका छन् ।

    प्रदेशसभातर्फ पनि सुदूरपश्चिममा एमाले निल भएको छ । कैलालीका १० वटा प्रदेशसभा क्षेत्र मध्ये एमालले ९ वटा क्षेत्रमा उम्मेदवारी दिएको थियो । कैलाली–१ को प्रदेश क्षेत्र क मा भने एमालले जसपालाई छोडेको थियो ।

    एमालेका तर्फबाट कैलाली १ को प्रदेश ख मा द्वारिका प्रसाद न्यौपाने, क्षेत्र नम्बर–२ को प्रदेश क मा कमला कुमारी ओली, ख मा डेजि पाण्डे, कैलाली क्षेत्र नम्बर ३ को प्रदेश क मा राजबहादुर बुढा, ख मा जयनारायण जोशीलाई उम्मेदवारी दिएका थिए ।

    त्यसैगरी कैलाली क्षेत्र नम्बर–४ को प्रदेश क मा एमालेका भीमबहादुर देउवा, ख मा हरिसिंह साउँद र कैलाली–५ को प्रदेश क्षेत्र क मा नेपालु चौधरी र अ मा दुर्गा जोशीले उम्मेदवारी दिएका थिए । तर ९ मध्ये एक जनाले पनि जित हासिल गर्न सकेनन् । नेकपा एमाले दार्चुला, बझाङ र अछाममा पनि निल बनेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology