वेबटिभी खबर
अर्घाखाँची । अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक तर्फको सबै मतगणना सम्पन्न हुँदा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो, नेकपा माओवादी केन्द्र चौथो र राष्ट्रिय जनमोर्चा पाँचौँ स्थानमा परेका छन् ।
प्रत्यक्षतर्फ प्रतिनिधीसभामा नेकपा एमालेका टोपबहादुर रायमाझी ४२ हजार ६७५ मतका साथ निर्वाचित हुँदा राप्रपा नेपालका खलिल मियाले २६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा (क)मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका चेतनारायण आचार्य २० हजार ५२५ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न ह्वीलचेयर लिएका स्वतन्त्र उम्मेदवार विक्रम खनालले २५ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेशसभा (ख)मा प्रदेशसभा सदस्यको लागि भएको निर्वाचनमा एमालेका रामजीप्रसाद घिमिरे २२ हजार ७८९ मतका साथ निर्वाचित हुँदा चुनाव चिह्न स्कुटर लिएका स्वतन्त्र उम्मेदवार खेतुलाल उपाध्यायले २९ मत प्राप्त गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij