Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अवैध लागू औषधसहित भारतीय नागरिक पक्राउ

अवैध लागू औषधसहित भारतीय नागरिक पक्राउ

  • 251
    SHARES
  • अवैध लागू औषधसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । अवैध लागू औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

    मेचीनगर नगरपालिका-१० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij