Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

चिनियाँ यानले मंगल ग्रहमा खिचेका तस्बिर सार्वजनिक

चिनियाँ यानले मंगल ग्रहमा खिचेका तस्बिर सार्वजनिक

  • 1.1K
    SHARES
  • चिनियाँ यानले मंगल ग्रहमा खिचेका तस्बिर सार्वजनिक

    बेइजिङ । चीनले मंगल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । 

    उक्त तस्बिरमा यान अगाडिको दृश्यमा मंगल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

    china 2.jpg

    आइतबार बिहानै मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मंगल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

    मंगल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् । 

    china1.png

    सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।पाँच उपकरण जोडिएको उक्त यानले त्यहाँको चट्टान र मौसमको अध्ययन गर्नेछन् । 

    मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता  मंगल ग्रहमा यानको अवतरण, चीनको महत्वपूर्ण सफलता 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij