Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

नेपाल रहेका आफ्ना नागरिकलाई स्पेन सरकारले फिर्ता लैजाने

नेपाल रहेका आफ्ना नागरिकलाई स्पेन सरकारले फिर्ता लैजाने

  • 711
    SHARES
  • नेपाल रहेका आफ्ना नागरिकलाई स्पेन सरकारले फिर्ता लैजाने

    काठमाडौं । नेपालमा रहेका स्पेनी नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइने भएको छ । स्पेनीलाई स्वदेश फर्काउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जेठ ६ गते बिहिबारका लागि उडान अनुमति दिइसकेको छ । स्पेनले आफ्नो वाइड बडी ए३३० जहाज मार्फत नागरिकलाई घर फर्काउन लागेको हो । 

    images

    स्पेनको राजधानी म्याड्रिडबाट मेडिकल सामग्री लिएर काठमाडौं आउने र यहाँबाट स्पेनी तथा केही युरोपेली नागरिक लिएर फर्कने क्यानका उपमहानिर्देशक एवम् प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । बुझिएअनुसार नेपालमा अड्किएका करिब ४० स्पेनी गन्तव्य पुग्ने प्रतिक्षामा छन् । ठूलो जहाज भएकाले युरोपका केही नागरिक पनि घर फर्किने जनाइएको छ ।

    कतारका लागि पनि जेठ ८ र ११ गते (मे २२ र २५ तारिख) का लागि चार्टर्ड उडानको अनुमति दिइएको क्यानले जनाएको छ । चीनको ग्वाङजाओ र कतारको दोहामा सातामा एक उडान नियमित सञ्चालन गर्ने सरकारले निर्णय गरिसकेको छ । सोहीअनुरुप क्यानले उडान तालिका बनाएको छ ।
         
    नेपालमा रोकिएका विभिन्न मुलुकका विदेशी नागरिकलाई घर फर्काउन नेपाल पर्यटन बोर्डले सहजीकरण गरिरहेको छ । बोर्डले पर्यटकीय क्षेत्र तथा विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई सूचित गरी अनलाइन विवरण संकलन गरी सम्बन्धित मुलुकको दूतावासलाई जानकारी गराउने तथा दूतावासले मागेको खण्डमा पर्यटकको विवरण दिने गरेको छ ।

    बोर्डका निर्देशक मणि लामिछानेका अनुसार बोर्डले ‘ट्राभल लोकेटर’ मार्फत विदेशी नागरिकको विवरण संकलन गरिरहेको छ । यसबाट पर्यटक नेपालका कुन-कुन स्थानमा छन् भनेर लोकेसन पत्ता लगाउने र सोही आधारमा सम्बन्धित निकायलाई सूचित गरिएको तथा यसबाट उद्धारका लागि सहयोग पुग्ने जनाइएको छ ।

    बोर्डले होटल क्वारेन्टिनको व्यवस्थापनको विवरण तथा अन्य सम्बन्धित सूचना पनि उपलब्ध गराइएको र यसबाट पर्यटकले आफै पनि सेवा लिन सक्ने जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # स्पेन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology