Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

‘कालिञ्चोक दर्शन’को आइपीओ खुला

‘कालिञ्चोक दर्शन’को आइपीओ खुला

  • 231
    SHARES
  • ‘कालिञ्चोक दर्शन’को आइपीओ खुला

    काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

    कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता  १०० रूपैयाँ अंकित दरमा २ लाख २८ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन ( आइपीओ)को निष्काशन तथा बिक्री खुला गरेको हो ।

    कम्पनीले आफ्नो जारी पूँजी ६० करोडको २ प्रतिशत अर्थात् १ करोड २० लाख मूल्य बराबरको कुल १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

    त्यस्तै जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाखको १० लाख ८० हजार कित्ता शेयरमध्ये १० प्रतिशतले हुने १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ ।

    निष्काशन गरेको शेयरमा आयोजना प्रभावित स्थानीय बासिन्दाले छिटोमा यही मंसिर २८ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस १४ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ता खरिदका लागि आवेदन दिन सक्ने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

    त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर २८ गतेसम्म अधिकतम १० हजार ८०० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले मेगा बैंक तथा सेञ्चुरी बैंकले तोकेका शाखा कार्यालय र कम्पनीको कार्यालय तथा कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सक्ने छन् ।

    त्यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीमार्फत शेयर खरिदको आवेदन दिने व्यवस्था मिलाएको छ ।

    कम्पनीले दोलखाको चरिकोटबाट कालिञ्चोक भगवती मन्दिरसम्मको केबलकार सञ्चालन गरिरहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयरएनपी बिबी प्लस आइआर’ प्रमाणपत्र प्रदान गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आइपीओ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij