Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

लागू औषधसहित ३ जना पक्राउ

लागू औषधसहित ३ जना पक्राउ

  • 287
    SHARES
  • लागू औषधसहित ३ जना पक्राउ

    काठमाडौं । उदयपुर, कैलाली र स्याङ्जाबाट लागू औषधसहित तीनजना पक्राउ परेका छन् ।

    उदयपुरको कटारी नगरपालिका-६ साँगुरीबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित ताप्ली गाउँपालिका-२ धपने बस्ने २७ वर्षीय सरोज राईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    राईले ताप्लीबाट मिर्चैयातर्फ तीनवटा बोरामा उक्त परिमाणको गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    यस्तै कैलालीको लम्कीचुहा नगरपालिका-८ गोप्का बस्ने ४० वर्षीय गोपी उखेडालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४२० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोष्ट चुहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    स्याङजाको गल्याङ नगरपालिका-१ राम्दी चेकपोष्टबाट अवैध लागूऔषध गाँजा करिब ७५० ग्रामसहित पाल्पा तानसेन नगरपालिका-१२ बस्ने २४ वर्षीय बलबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

    अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख ८४२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij