वेबटिभी खबर
काठमाडौं । गण्डकी प्रदेशमा पुनः नियुक्त भएका मन्त्रीहरुले शपथ लिएका छन् । पुनःनियुक्त भएका मन्त्रीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएकी हुन् ।
पुनः नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी भएनन् । कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी नहुनबारे उनले मुख्यमन्त्री गुरुङलाई जानकारी गराएका थिए ।
मुख्यमन्त्री गुरुङले विस्तार गरेको मन्त्रिमण्डलमा सबै मन्त्री पुरानै अनुहारका छन् । पुनर्नियुक्त भएकामध्ये किरण गुरुङको मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरको जिम्मेवारी भने तोकिएको छैन ।बुधबारै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड गर्ने स्रोतले जानकारी दिएको छ ।
८ मन्त्रालय भएको प्रदेशमा १० मन्त्रालय बनाउने र विपक्षीलाई समेत समेट्ने योजनामा मुख्यमन्त्री गुरुङ छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी रहेको मुख्यमन्त्री सचिवालय स्रोतको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij