वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगर प्रहरीमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
गत सोमबार काठमाडौं नगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गरि आवश्यक कारबाही गर्न प्रशासनले प्रहरीलाई निर्देशन दिएको हो ।
बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गर्ने नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको हो ।
थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij