Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

  • 342
    SHARES
  • अर्थतन्त्र सुधारोन्मुख छ : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

    बजार सुधारका लागि आफूहरु खुला भएको भन्दै उनले यसबाट निजी क्षेत्र सशङ्कित हुनुनपर्ने बताए । 'समस्या समाधानका लागि हामी खुला छौँ', उनले भने, 'केही समस्या छन् भने समाधानका लागि हामी खुला छौँ ।' गभर्नर अधिकारीले गत वर्ष ८८ अर्ब शोधनान्तर घाटा रहेकामा यस वर्ष छ अर्ब बचत रहेको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij