वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि आज चीन जाने भएका छन् ।
उनलाई जण्डिसले फेरि सताएपछि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन् ।
यसअघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।
चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका उपमहासचिव पुन आज साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई, ग्वान्झाओ हुँदै सेनजेन जान लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij